३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउनुहोस् : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै सङ्घीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आग्रह गरेका छन् । माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्नुहुँदै समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पाछौं भन्ने प्रण गर्न आग्रह…