काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ,स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि निर्वाचन आयोगले प्रभावकारी रूपमा काम अगाडि बढाएको छ। आयोगले तालिकाबद्ध रूपमा काम गरिरहेको र हालसम्म ९० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको निर्वाचन आयुक्त डा।जानकी कुमारी तुलाधरले बताउनुभयो । निर्वाचनको सुरक्षालाई ध्यानमा राखी नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,राष्ट्रिय अनुसन्धान विभाग…