रसुवा । नेपाल–चीन सिमानाको लेन्दे खोला हुँदै भोटेकोशीमा बाढीमा परी फसेका ११ जनाको नेपाली सेनाले उद्धार गरेको छ । नेपाली सेनाको श्रीनाथ गणबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयहरुको सहभागितामा टिमुरे इलाकाबाट नौ जनाको सकुशल उद्धार गरेको हो । त्यसैगरी, बाढी पीडितको उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर उक्त स्थानतर्फ खट्टिएको र उक्त हेलिकप्टरबाट…