मलेखु । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र संगठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ । दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीनजनालाई सफाइ दिएको र पाँचजनालाई कसुर कायम गर्दै कैद, जरिबाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो…