२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

गैँडाकोटको रिसोर्टमा भीषण आगलागी

मध्यबिन्दु । नवलपुरको गैँडाकोट नगरपालिका–११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार बिहान १० बजेबाट आगलागी सुरु भएको हो । आगलागीपछि घटनास्थलमा कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ…