ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ । रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लैजाने भएको छ । लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नु पर्ने भएकोले आज मंगलबजारको सोह्रखुट्टेमा बसेर ज्योतिषहरुले निकालेको साइतअनुसार…