भोजपुर । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट–पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षायाममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका–६, कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो । सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ । ६ नम्बर वडा कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको…