काठमाडौं । युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । नेपालको राष्ट्रिय टीमले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलोपटक हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि नविन बिडाइसले सर्वाधिक २२ रन बनाए ।…