अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३, रातामाटाकी वसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै थिइन् । शनिबार लागेको आगोेले उनको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएको थियो । आगलागीबाट त्यस टोलका १६ परिवारको बिचल्ली भएको छ । “घर एकैछिनमा खरानी भयो । गाँसबासको टुंगो छैन । कहाँ बस्ने, कहाँ खाने,” आँसु झार्दै मल्लले भनिन् । स्थानीय गंगाबहादुर…