भरतपुर । वाग्मती प्रदेशबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये चितवन पहिलो रहेको छ । वाग्मती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्ष १५ हजार ८२३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । श्रम स्वीकृत नलिई विदेश जानेको संख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेलले बताए…