८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सन्तनेता कृष्णप्रसाद भट्टराई त्यागको प्रतिमूर्ति :रक्षामन्त्री खड्का



ललितपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पूर्व प्रधानमन्त्री तथा सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिमा निष्ठा, समर्पण र त्यागको प्रतिमूर्ति भएको बताएका छन् ।

ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री खड्काले आफ्नो पूरै जीवन देश, देशको माटो, जनता र लोकतन्त्रका लागि समर्पित गर्ने सन्तनेता भट्टराई सधैँ प्रेरणाको श्रोत भएको बताए।

उनले स्वर्गीय भट्टराई नेपाली राजनीति, देश र जनताका अतुलनीय नेता भएको भन्दै उनले सँगको सामीप्यमा आफूले पनि राजनीतिक यात्रा गर्न पाएको स्मरण गरे। सरकारले खेल संरचना निर्माण र खेलाडीलाई थप सुविधा उपलब्ध गराउने कुरालाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ५ : ३४ बजे