१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

आज संसद बैठकमा प्रधानमन्त्रीसँग सवाल -जवाफ



काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठकमा सांसदले प्रश्न सोध्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर हुने संसद् सचिवालयले कार्यसूचीमा उल्लेख गरेको छ ।

प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम हुने गरी निर्धारण गरेको संसद् सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ३४ बजे