काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुन तोलामा ६ हजार ५०० र चाँदी १०५ रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ४० कायम भएको छ ।
१० मंसिर २०८३, बुधबार
375
Shares





