१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

सुनको मूल्यमा तोलाको ६ हजार ५ सयको गिरावट , आज तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुन तोलामा ६ हजार ५०० र चाँदी १०५ रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ४० कायम भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बुधबार  १२ : ०१ बजे