काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द समाजवादी मोर्चाको संयोजक बनेको छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो ।
बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बताए। बैठकमा समसामयिक, राजनीतिक परिस्थितिको बारेमा समेत समीक्षा भएको बताइएको छ ।
मोर्चामा ३-३ महिला पालैपालो नेतृत्व लिने सहमति छ ।