१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

लोकरिझ्याइँमा कांग्रेस न हिजो थियो न भोली हुनेछ : पूर्णबहादुर खड्का



ललितपुर । नेपाली कांग्रेसका उपसभापति पुर्ण खड्काले नयाँ पार्टी लक्षित टिपणी गरेको छन् । खड्काले नीति प्रतिवेदनमा नेपाली कांग्रेसले नयाँ र राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका दलहरूलाई अधिनायकवादीको संज्ञा दिएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा ती दलहरूले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाएका छन् ।

“निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो । अधिनायकवादीहरू रूपमा भिन्न देखिए पनि सारमा लोकतन्त्रविरोधी हुन्,” प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, “प्राप्त उपलब्धिमा उनीहरूको कुनै अपनत्व छैन । न त राष्ट्रको बृहत्तर हितको दायित्व बोध छ न त जिम्मेवारी ।”

राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा बोकेकाप्रति लक्षित गर्दै उनले निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको आरोप लगाएका छन् ।

“समस्या र अप्ठ्यारालाई पन्छाएर सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै समाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठिकविपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदै छ,” प्रतिवेदनमा उनले लेखेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : ११ बजे