३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

गृहसहित चार मन्त्रालय रास्वपाको बटमलाइन



काठमाडौं । सत्ता सहकार्यको लागि चार दलीय नयाँ गठबन्धन बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले गृह मन्त्रालय नछाड्ने अडान लिइरहेका छन्। रास्वापले आफु गठवन्धनको तेस्रो ठुलो शक्ति रहेको भन्दै गृह सहित चार मन्त्रालयको अडान राखेको हो ।

जिबी राईको सहकारी ठगी प्रकरणमा लामिछाने समेत जोडिएकाले उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ। देशभरिका आधा दर्जन सहकारी ठगेर फरार भएका गितेन्द्रबाबु राई (जिबी)का पार्टनर रवि लामिछानेले गृह मन्त्रालयमा दाबी गर्नुमाथि प्रश्न उठ्न थालेको छ ।
लामिछाने स्वार्थको बाझिने मन्त्रालयमा जान मरिहत्ते गरिनु माथि प्रश्न शंका उव्जिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : १५ बजे