९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको लागि बैठक बस्दै



काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज बैठक बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक हुदैछ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन हुनेछ । अध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नारायण दाहाल र प्रमुख प्रतिपक्षबाट नेपाली काँग्रेसका युवराज शर्माको उम्मेदवारी छ । साथै बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, समितिमा सदस्यहरूको मनोनयनबारे छलफल हुनेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १० : ०२ बजे