काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेशले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आकांक्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ । बैशाख १५ गते हुने उपनिर्वाचनको लागि आकांक्षी उमेदवारहरूको नाम केन्द्रमा पठाइएको हो । जिल्ला कार्यसमितिले पठाएको नाम जस्ताको त्यस्तै केन्द्रमा पठाइएको बताइएकोछ । जिल्लाले पठाएको सिफारिसको भन्दा केन्द्रले सिधै उम्मेद्वार तोक्दा जिल्लामा बिवाद हुने गरेको थियो ।
प्रदेश समितिले पहिलो नम्बरमा भेषराज आचार्यको नाम सिफारिस गरेको छ । दोस्रोमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ ।
यसअघि कांग्रेस जिल्ला कार्य समिति इलामले पनि चैत्र ७ गते नै आकांक्षी उमेदवारहरूको नाम प्रदेश समितिलाई पठाएको थियो ।





