३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

संघीय संसद्का तीनवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । सोमबार तीनवटा संसदीय समितिकोे बैठक बस्दै छ । संघीय संसद्अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ८ बजेदेखि बसिरहेको छ । बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफल हुनेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।

बिहान साढे १० बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकमा प्रस्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ९ : ३३ बजे