काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउँदा सबैमाथि समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन् । गरिब र निमुखाको आवासमा मात्र नभई सबैमाथि समान व्यवहार गर्नुपर्नेमा उनले जोड दिए ।
अतिक्रमण हटाउन २०६२ सालमा जनकपुरको गुठीको अतिक्रमित जग्गा पत्ता लगाउन गठन गरिएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनको आधार लिइएको उनले उल्लेख गरे । जनकपुरको (५) बिघा अतिक्रमिक जमिन संरक्षण गर्ने सवालमा सरकार सफल र सजग हुनुपर्नेमा उनले जोड दिए ।
ूयो डोजर प्रहार गरिबहरूमाथि मात्र नहोस् । सबैमाथि समान व्यवहार गरियोस् र जनकपुरको ९५० बिघा अतिक्रमण गरिएको जमिन संरक्षण गर्ने र फर्काउने अभियामा सरकार सफल र सजग होस् भन्ने सन्तुलित अनुरोध छ, झाले भने ।
सरकारले शनिबारदेखि पोखरीको डिल खाली गराउन सुरु गरेको थियो । गुठी संस्थान जनकपुरधामले गिरनारी कुट्टी नजिक रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराएको छ ।





