१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

सुुदूरपश्चिमका मुख्यमन्त्री शाहको भाग्य कति बलियो, पाउँलान् विश्वासको मत ?



काठमाडौँ । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदैछन्।

बिहीबार तीन बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम सरकारबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएपछि मुुख्यमन्त्री शाह अल्पमतमा परेका छन्।

नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सात, राप्रपाका एक र एक स्वतन्त्र दलको समर्थन रहने सम्भावना देखिएपनि बलियो आधार भने देखिएको छैन । नाउपा विवादका कारण हाल नाउपा दुई भागमा विभाजन भएकाले मत पनि विभाजित हुने देखिएको छ। पार्टीको आन्तरिक बिवादले रोचक बनेको सुदुरपश्चिम शाहले सरकार जोगाउन सफल हन्छन् कि हुँदैन त्यो भने केही घण्टा कुर्नैपर्ने हुन्छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ९ : ०७ बजे