इलाम । इलाम क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेपाली कांग्रेसका उमेद्वार अगाडी देखिएका छन् ।
प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन्। उनले एक हजार एक सय ४५ मत ल्याएका छन्।
उनलाई नेकपा ९एमाले० का उम्मेदवार सुहाङ नेम्वाङले पछ्याइरहेका छन्। नेम्वाङले एक हजार ६३ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८८, रास्वपाका उम्मेदवार मिलन लिम्बूले ११५ र राप्रपाका लक्ष्मी गुरूङले ४ मत ल्याएका छन्। मतगणना भइरहेको स्थानमा नेपाली कांग्रेसको पकड क्षेत्र मानिन्छ ।





