९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

बझाङ उपनिर्वाचनमा एमाले बिजयी, ८ दलको जमानत जफत



बझाङ । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले बिजयी बनेका छ । एमालेको उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गरी बिजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।

भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरे ।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् ।

उपनिर्वाचनमा ३० हजार ३ सय २८ मत खसेको थियो । उपनिर्वाचनमा ८ जना उम्द्वारको भने जमानत जफत भएको छ । काठमाडौँ । बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा ८ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन आयोगका अनुसार नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहसहित ८ उम्मेदवारको जमानत जफत भएको हो ।

जमानत जफत हुनेहरूमा राप्रपाका किशोर कुमार खड्का, जसपाका रामबहादुर जाग्री, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपकबहादुर खड्का, जनमत पार्टीकी सुशीला देवी विष्ट, नेमकिपाका खगेन्द्रबहादुर शाही र नेशनल रिपब्लिक नेपालका कमल घर्ती मगरको जमानत जफत भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ४७ बजे