काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा हिंस्रक ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ । आज बसेको संसदीय दल बैठकले गृहमन्त्री लामिछाने हिंस्रक ढंगले सदनमा प्रस्तुत भएको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा आफूमाथि लागेका आरोपबारे जबाफ दिदा असत्य र कपोलकल्पित कुरा राखेको कांग्रेसको भनाइ छ।
‘हिजो गृहमन्त्रीजीले प्रतिनिधि सभामा जे कुरा बोल्नुभएको छ, त्यो यो असत्य, असभ्य, भ्रामक, कपोलकल्पित र हिस्रक ढंगले उहाँ प्रस्तुत हुनुभएको छ,’ उनले भने, ‘उपप्रधानमन्त्री र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको मानिसले अर्कालाई प्रश्न सोध्ने होइन, उहाँकामाथि उठेका प्रश्नको जवाफ दिने हो।’
गृहमन्त्री लामिछानेले अरूका बारेमा तथाकथित विषय उठाएको पनि उनले बताए। ‘अरूका बारेमा तथाकथित विषय उठाएर उहाँ आफूमाथि लागेको अभियोगबाट भाग्ने पर्यत्न गर्नुभयो,’ उनले भने, ‘गृहमन्त्रीका अभिव्यक्तिका प्रति घोर निन्दा र भर्सना गरेका छौं।’
उनले गृहमन्त्री लामिछानेले सदनमा दिएका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को ध्यानाकर्षण गराइने पनि बताएका छन्। गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधि सभा बैठकमा आफूमाथि लागेका आरोपबारे जबाफ दिएका थिए । संसदमा ३८ मिनेट बालेको गृहमन्त्रीले आफ्ना स्पष्टिकरण भन्दा कांग्रेस सांसदमथि आक्षेप लगाएका थिए । नेपाली कांग्रेसले सहकारी अपचलनमा गृहमन्त्री रबि लामिछाने संम्लंन रहेको भन्दै छानबिनको माग सहित लगातार संसद अबरुद्ध गरिरहेको ।





