२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

प्रतिनिधि सभाको बैठक अझै सुरु भएन



काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ । बिहान ११ बजेका तोकिएको बैठक अझै बस्न सकेको छैन । सरकारले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन कार्यदलको क्षेत्राअधिकार तोक्ने कार्यदलको बैठकले सकारात्मक परिणाम निकाल्न सकेको छैन । आज बसेको कार्यदलले समेत परिणाम नल्याएपछि माहोल बिग्रिएको छ ।

यसअघि समिति बनाउने भनेर कार्यादेशसमेत तयार गर्दैगर्दा संसदीय छानबिन समिति बनाउने तर रवि लामिछानेमाथि छानबिन गर्ने भनेर नलेख्ने अडान सरकार पक्षले राखेसँगै कार्यादेश नै तयार हुन सकेको थिएन ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  १२ : २२ बजे