काठमाडौं । संसदीय छानविन समितिको कार्यादेश (टिओआर) टुङ्ग्याउन बसेको कार्यदल बैठकमा नेपाली कांग्रेस केही लचक बनेको छ । यद्यपि कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए
नेपाली कांग्रेसले राखेको नयाँ प्रस्तावमा उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ ।
कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आएपनि छलफल जारी नै रहेको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।
उनले भने कांग्रेसले गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ जोडिएका संस्थाका नाम राखेर जाऔँ भन्ने प्रस्ताव राख्नुभएको छ । ‘यसबारे गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ, त्यसैले केहीबेर बैठक रोकेका छौं ।’





