९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

गृहमन्त्रीलाई कांग्रेसका सांसद रामहरि खतिवडाको प्रश्न :हुकुमी शासन चलाउन खोज्ने ?



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देश हुकुमी शासनमा चलाउन खोजेको हो भन्दै प्रश्न गरेका छन् । उनले मापसे गरेकाहरूलाई कुन कानुनमा टेकेर सडकमा उभ्याएको भन्दै प्रश्न गरे ।

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मिडिया ट्रायल गरेर, ट्वीट गरेर देश चलाउन मिल्छ भन्दै प्रश्न गरे । उनले यो काम तत्काल बन्द गर्नका लागि रूलिङको माग गरे ।

“उपप्रधानमन्त्रीको ट्वीट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौँ, धन्यवाद दिन्छौँ,” उनले भने, “मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ । मापसे गरेको बिहान सडकमा ल्याएर उभ्याउने रु कुन कानुन र नियममा छ रु यसरी मुलुक चलाउने रु”
गणतन्त्र दिवसको दिन गृहमन्त्री लामिछानेले महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने र मापसे कारबाहीमा परेलाई स्वयम्सेवक रुपमा खटाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १२ : २८ बजे