३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

माओवादी नेता अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ मा सुनाइने



काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाको आगामी असार १२ गते फैसला हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबारको सुनुवाइपछि निर्णय सुनाउने दिन असार १२ गतेलाई ताकेको हो ।

पूर्व सभामुख सापकोटाविरुद्ध २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ । सापकोटा मुद्धाको फैसला कस्तो आउला आम चासोको साथ हेरिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ५ : ५६ बजे