१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

सात दिनमा ७१ जनामा डेंगी संक्रमण,काठमाडौंमा सबैभन्दा धेरै पुष्टि



काठमाडौं । सन् २०२४ को जुलाईका सात दिनमा ९१ देखि ७ सम्म देशभर ७१ जना डेंगी संक्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार जुनयता संक्रमण बढेको हो ।

जुनमा सबैभन्दा धेरै ३१७ संक्रमित थपिएका छन् । त्यसअघिका महिनामा संक्रमितको संख्या तीन सय कटेको थिएन । जनवरीयता ७ जुलाईसम्म देशभर एक हजार ४८३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

यस वर्ष ९सन् २०२४०मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । जनवरीयता वाग्मती प्रदेशमा सबैभन्दा धेरै ५०५ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १६५ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।

यस्तै, झापामा १२३, चितवनमा ८३, मकवानपुरमा ६५, तनहुँमा ५२, ओखलढुंगामा ५० जनामा डेंगी पुष्टि भएको छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १२ : ३४ बजे