नारायणगढ । मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन्। पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३र७४ मा पाँचवटा, २०७४र७५ मा चारवटा, २०७५र७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन। आर्थिक वर्ष २०७६र७७ मा एउटा, २०७७र७८ मा एउटा, २०७९र८० मा एउटा र २०८०र८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन्। बेपत्ता भएका सवारीसाधनमध्येबाट आर्थिक वर्ष २०७३र७४ मा १४, २०७८र७९ मा चार र २०८०र८१ मा ३७ जना बेपत्ता भएका हुन्।
उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए। आर्थिक वर्ष २०७३र७४ देखि आर्थिक वर्ष २०८०र८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।