काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन २०८४ साल मंसिर सम्म कायम रहने दाबी गरेको छन् । राजधानी काठमाडौँमा आज पार्टीले आयोजना गरेको जागरण सभालाई संवोधन गर्दै उनले काँग्रेस र एमालेको सत्ता समीकरण आगामी निर्वाचन सम्म कायम रहने दाबी गरे ।
“कान खोलेर सुने हुन्छ सबै कुरा बुझे हुन्छ ०८४ सम्म गठबन्धन कायमै रहन्छ,” उनले भने, “०८३ असारमा शेरबहादुर देउवाजीलाई सरकार जिम्मा लगाउँछु । अब मैले १८ र शेरबहादुर देउवाजीले १८ महिना सरकार चलाउछौँ ।” उनले भने





