२४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026

सुनको मूल्य तोलामा ९ सयले घट्यो



काठमाडौँ । स्थानीय बजारमा सुन–चाँदीको भाउ घटेको छ।

आज प्रतितोला नौ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ११ : १६ बजे