काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन ४२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य ६० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





