१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी ब्यवस्थासहित थप तीन अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार ९वैशाख १९० स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् । त्यस्तै, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपतिले यसअघि शुक्रबार ९वैशाख १८० सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन)अध्यादेश गरेका थिए ।

त्यस्तै, बिहीबार (वैशाख १७)मा सहकारी ।पहिलो संशोधन० अध्यादेश, २०८३ र सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३ जारी गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ६ : ५८ बजे