२५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026

संसद् सचिवालयको ट्रेड युनियन खारेज !



काठमाडौं । अध्यादेश कार्यान्वयन गर्दै संघीय संसद् सचिवालयमा ट्रेड युनियन अस्तित्वमा नरहेको जनाइएको छ ।

संघीय संसद् सचिवालय कर्मचारी प्रशासन शाखाले सूचना जारी गर्दै केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशबाट ट्रेड युनियनको व्यवस्था खारेज भएको जानकारी गराएको हो ।

संघीय संसद् सचिवालयसम्बन्धी ऐन २०६४ को दफा ७३ मा कर्मचारी युनियनसम्बन्धी व्यवस्था थियो ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  २ : २७ बजे