१ असार २०८३, सोमबार | Mon Jun 15 2026

प्रतिनिधिसभामा उठाइयो भारतको हेलिकोप्टरको विषय, चिया उद्योगको संकट



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी पछिल्लो अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । सोमबार ९असार १० प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले उक्त विषयमा सभामुखको ‘रुलिङ’ र प्रधानमन्त्रीको स्पष्टीकरण आवश्यक रहेको बताए ।

उनले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण गरेको भनिएको समाचारप्रति सरकारको आधिकारिक जवाफ माग गरे । भारतीय सुरक्षा निकायका उच्च पदाधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उनले उल्लेख गरे । उनले यसबारे यथार्थ जानकारी गराउन सरकारसँग माग गरे ।

उनले पूर्वी नेपालको इलाममा चिया उद्योगले भोग्नुपरेको संकटप्रति पनि सदनको ध्यानाकर्षण गराए । भारतीय अवरोधका कारण इलामको प्रसिद्ध चिया उद्योग बन्द हुने अवस्थामा पुगेको र त्यसबाट किसान तथा व्यवसायी ठूलो पीडामा रहेको उनले बताए ।

लबदष्
ि“भारतीय अवरोधले उद्योगधन्दा र रोजगारी बन्द हुने स्थिति सिर्जना भएको छ,” उनले भने, “यसतर्फ सरकारको ध्यान किन जान सकेको छैन रु”

प्रमुख सचेतक दुलालले देशमा हालै घटेका विभिन्न घटना – जस्तै, टेम्पो पल्टाइएको, घरका छानामा ढुंगा प्रहार गरिएको र उद्योगहरू बन्द हुन लागेको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने धारणा राखे ।

उनले जनताका जल्दाबल्दा समस्या समाधान गर्न र सदनमार्फत आमनागरिकलाई राहतको अनुभूति गराउन प्रधानमन्त्रीलाई आग्रह समेत गरे ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १२ : १६ बजे