१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

मन्त्रिपरिषद् बैठक बस्दै



काठमाडौं । आज (असार १८) मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री वालेन्द्र शाह को आह्वानमा बैठक बस्न लागेको हो । दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठक एजेण्डा भने उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ११ : ०८ बजे