१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

सिरहामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी !



जनकपुरधाम । सिरहामा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार (साउन १४) दिउँसो २ बजेदेखि लागु हुने गरी अर्को आदेश नभएसम्म कर्फ्यु लगाएको हो । आन्दोलन वा हुल दंगा बढ्न सक्ने जोखिम देखिएकाले कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशमा उल्लेख छ । गोलबजार नगरपालिकाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ । सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन फैलिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  २ : ०० बजे