काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन्।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन्।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देललगायतसँग भेटवार्ता गर्नेछन्। यो प्रधानसेनापति बनेपछि सेठको पहिलो विदेश भ्रमण हो।





