नेपाली काँग्रेसको १५ औं महाधिवेशन क्रममा झापा १ मा भएको क्षेत्रीय अधिवेशनबाट उपसभापति विश्वप्रकाश शर्मा करिब ९० प्रतिशत मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । मतदानमा सहभागी ७१ प्रतिशत क्षेत्रीय प्रतिनिधिबाट ६३८ मत प्राप्त गरेर शर्मा विजयी भएका हुन् ।
झापा १ साविक मेचि अंचलकै काँग्रेसको बलियो आधार क्षेत्रका रूपमा चिनिन्छ । अघिल्लो आम निर्वाचनमा काँग्रेस(माओवादी गठबन्धनबाट साविक अंचल भरिमै झापा १ मा मात्रै काँग्रेस विजयि भएको थियो ।
सो क्षेत्रबाट उपसभापति शर्मा १३ औं महाधिवेशन क्रममा ११४ क्षेत्रीय प्रतिनिधि मध्ये ११२ मत प्राप्त गरेर तथा सोहि अधिवेशनको क्रममा मेचिनगर ९ को वडा अधिवेशनमा ७४ मतदातामा मतदान भएको ७० मतमा गोप्य मतदानमा ७० नै मत पाएर विजयि भएका थिए िपार्टीमा पछिल्लो जारि विवाद पस्चात् पनि झापा १ मा संस्थापन र सिटौला पक्ष भनेर चिनिने समुह पनि एक पार्टी एकताको पक्षमा एक ढिक्का रहेर अधिवेशनमा सहभागी रहे ।





