४ मंसिर २०८३, बिहिबार | Fri Nov 20 2026

एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा !



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेप कार्यकारी समितिको बिहीबार ९मंसिर ३० को निर्णयअनुसार यसअघि विभिन्न समयमा एन्फामाथि लगाइएका सबै निलम्बन र प्रतिबन्ध हटाइएको हो।

राखेपका सदस्यसचिव रामचरित्र मेहताले हस्ताक्षर गरेको पत्र बिहीबार एन्फालाई पठाइएको छ। पत्रमा प्रशासनिक तथा आर्थिक प्रतिबन्ध पत्र जारी भएको मितिदेखि फुकुवा हुने उल्लेख छ।

एन्फाले गत चैत २३ गते पत्र पठाएर निलम्बन फुकुवा गर्न राखेपसँग अनुरोध गरेको थियो। राखेपले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३० बमोजिम फुकुवाको निर्णय गरेको जनाएको छ।

राखेपले निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालय, अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० र एसियाली फुटबल महासंघ ९एएफसी० लाई पनि जानकारी गराएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८३, बिहिबार  ३ : ११ बजे