काठमाडौं । नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ । छापावाल सुन प्रतितोला एक हजार ४०० र चाँदी ३५ रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ८०० र चाँदीको मूल्य तीन हजार ७५ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० र चाँदी तीन हजार ४० मा कारोबार भएको थियो ।





