काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो ।
प्रहरी स्रोतका अनुसार अर्याललाई भारतको कोलकाताबाट नियन्त्रणमा लिइएको हो। उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।
मलेसिया श्रमिक प्रकरणमा करिब एक अर्ब ६९ करोड रुपैयाँ बराबरको आर्थिक अनियमितताको आरोपमा अनुसन्धान भइरहेको छ। सोही प्रकरणमा संलग्न रहेको आरोपमा अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
यसअघि प्रहरीले यही प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित छ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरिसकेको छ। अर्यालमाथिको आरोपबारे भने अनुसन्धान जारी छ।





