काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरहरूको छड्के अनुगमन गरेकी छन्।
मंसिर १ गतेदेखि कार्यान्वयनमा आएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ अनुसार मासुको भण्डारण, सरसफाइ, खाद्य सुरक्षा र गुणस्तरको अवस्था बुझ्न अनुगमन गरिएको हो।
अनुगमनका क्रममा मन्त्री चौधरीले उपभोक्ताले स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएकी छन्।
तर, अनुगमनमा कोल्ड स्टोरहरूले मापदण्ड पालना गरे–नगरेकोबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।
११ मंसिर २०८३, बिहिबार
125
Shares





