९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य एकैदिन १५ सयले बढ्यो



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य एकैदिन एक हजार ५०० रुपैयाँ बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १ : २३ बजे