९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुन तोलामा १५ सयले घट्यो, आज तोलाको कति ?



काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँ घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ११ : ११ बजे