काठमाडौं । सेयर बजारको साताको अन्तिम दिन नेप्सेघटेर बन्द भएको छ । परिसूचक ३१।५० अंकले घटेर २९२२.६३ विन्दुमा बन्द भएको हो ।लगातार दुई दिन बजार घट्दा लगानीकर्तामा आशंका उत्पन्न भएको छ । बुधबार ९साउन १४० बजार ४७।९३ अंकले घटेको थियो ।यस दिन सेयर कारोबार रकममा पनि कमी आएको छ । १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।५२ कम्पनीको सेयर मूल्य बढेको छ । १९८ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।सप्तकोसी, ग्रीन डेभलपमेन्ट, कर्पोरेट डेभलपमेन्ट र सान्भी इनर्जीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । यो कम्पनीको एक अर्ब ३३ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार १०० रुपैयाँ ७० पैसा कायम छ ।





