१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

भोलिदेखि नाइमा मोबिलिटी एक्स्पो



काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन ९नाइमा० ले बुधबारदेखि नाइमा मोबिलिटी एक्स्पो–२०२५ गर्ने भएको छ । दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० मोडेलका सवारी रहने सो प्रदर्शनी खरिदकर्ताका लागि नयाँ र उपयुक्त अवसर हुने नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले बताए ।
एक्स्पोलाई नेपालको अटोमोबाइलको बृहत् प्रदर्शनीका साथै नवीनतम ज्ञान र भविष्यको कार्यदिशा तय गर्ने उपयुक्त थलोसमेत बनाएको बताए । एक्स्पोमा विभिन्न विक्रेता कम्पनीले ३५ नयाँ मोडलका सवारीसाधन पनि सार्वजनिक गर्ने तयारी गरेका छन् ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार साउन २१ देखि २५ गतेसम्म हुने प्रदर्शनीका पाँचै दिन दिउँसो सवारी तथा यातायातका विभिन्न विषयवस्तुमा छलफल पनि गरिने छ । यातायात क्षेत्रको वर्तमान अवस्था र भविष्य, जनशक्ति विकास, नीतिगत अवस्था, यातायात व्यवस्थापनलगायतका विषयगत सत्रमा स्वदेशी तथा विदेशी विज्ञसमेत सहभागी हुने उनले जानकारी दिए । प्रदर्शनीलाई व्यवस्थित बनाउन फराकिला र आकर्षक स्टल, पर्याप्त पार्किङ, सहज आवागमन, खानपिनका स्टललाई व्यवस्थित बनाइएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १२ : ४३ बजे