२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । सोमबार ९साउन २६० छापावाल सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ११ : २९ बजे